सोमवार, जेष्ठ ७, २०८१

देशभर पूर्ण बदली, काठमाडौं उपत्यका सहित विभिन्न प्रदेशमा भारी वर्षाको संभावना

काठमाडौं साउन २९ ,

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर सामान्यदेखि पूर्ण बदलीसंगै काठमाडौं उपत्यका सहित विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको संभावना रहेको जनाउको छ।

महाशाखाले मनसुनको न्यून चापीय रेखा र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण पछिल्लो समय भारी वर्षा हुँदै आएको जनाएको छ।

साथै महाशाखाले आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने जनाउ संगै सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा समेत मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने जनाएको छ ।

त्यस्ते मंगलबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छभने बुधबार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु