सोमवार, जेष्ठ ७, २०८१

सप्तकोसीमा पानीको बहाव उच्चभएसंगै कोसी ब्यारेजका ५६ वटा सबै ढोका खोलियो

काठमाडौं साउन २९ ,
सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको छ । सप्तकोसीमा पछिल्लो तीन दशक यताकै पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

पूर्वी पहाडी जिल्लामा अविरल वर्षाका कारण आज बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ५२ हजार क्युसेक पुगेको प्रशासनले जनाएको छ ।

पानीको बहाव बढेसंगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु