सोमवार, जेष्ठ ७, २०८१

५० रूपैयाँका दरका २० हजार थान रिचार्ज हरायो, खरिद-बिक्री नगर्न टेलिकमको आग्रह

काठमाडौं साउन २४,
नेपाल टेलिकमले बुधबार एक सूचना जारी गर्दै ५० रूपैयाँका दरका २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको छ ।

टेलिकमले जारी गरेको सूचनामा ‘यस कम्पनीको रु। ५० दरको सिनं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका ‘नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथा बिक्री वितरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरूमा अनुरोध गरिन्छ , भनिएको छ ।

त्यस्तै जारी सूचनामा उक्त हराएका रिचार्ज कार्डको भ्यालिडिटी’ बन्द गरिसकेको जनाउ सहित कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले अनुरोध गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु