सोमवार, जेष्ठ ७, २०८१

सर्वोच्चका प्रस्तावित प्रन्या श्रेष्ठविरूद्ध उजुरी आह्वान

काठमाडौं साउन २४,
संसदको संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदको साउन १८ गते बसेको बैठकमार्फत प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्चका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको छ । बुधबार समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको हो।

श्रेष्ठविरूद्ध उजुरीका लागि १० दिनको समयसिमा सहति समितिले जारी सूचनामा मर्यादित भाषामा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी दिन सकिने जनाएको छ।

त्यस्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरूद्ध उजुरी दिन चाहने व्यक्तिहरूले संसद सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालयमा पुगी सूचना वा उजुरी दिन सक्ने सूचनामा उल्लेख गरेका छन्।

सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्वइच्छामा खुलाउन वा गोप्य राखिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनमा श्रेष्ठले ३१ औं प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हाल्नेछन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिर्वाय अवकाशमा गएपछि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका छन्।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु