सोमवार, जेष्ठ ७, २०८१

आज पनि संघीय संसदको दुवै सदनका बैठक अवरूद्ध

काठमाडौं साउन २४,
आज बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै बैठकमा नाराबाजी र वेल घेराउ गर्दै बैठक अवरुद्ध गरेका छन ।

सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनको उद्घोष गरेसंगै एमाले सांसदहरू आआफ्नो आसबाट उठेर विरोध गर्न थालेपछि सभामुख घिमिरेले एमाले सांसद सूर्य थापालाइ वोल्नको लागि समय दिनुभएको थियो ।

यद्यपी मंगलबार बसेको संसद बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। तर, गृहमन्त्रीबाट आफूहरूको माग सम्बोधन हुने जवाफ नआएको भन्दै एमालेले आजको बैठकमा पनि अवरोध सिर्जना गरेको हो ।

एमाले सांसद सूर्य थापाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको एमालेको माग कायमै रहेको र सुन प्रकरण छानबिनबारे गृहमन्त्रीले सदनमा दिएको प्रष्टिकरण कर्मकाण्डी मात्र भएको जनाउ सहित संसद बैठक चल्न नसक्ने बताउँदै नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले आजको बैठकका लागि प्रस्तावित कार्यसूचीमा प्रवेश नै नगरि साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गर्नुभएको हो ।

यसैवीच प्रमुख प्रतिपक्ष नेकपा  एमालेले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेको छ। सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले बैठकमा अवरोध गरेको हो।  एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक साउन २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु