सोमवार, जेष्ठ ७, २०८१

विभागले सुन तस्करी प्रकरणका अभियुक्त सहित सम्पूर्ण फाइल सीआईबीलाई बुझायो

काठमाडौं साउन २१,
राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सबै आरोपीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो [सीर्आइबी] लाई जिम्मा लगाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट गत साउन ३ मा वरामद भएको सय किलो सुन तस्करी प्रकरण अन्तरदेशीय र संगठित अपराध भएकाले बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिन साउन १९ मा प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुसार विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलन मार्फत तस्करी प्रकरणको सम्पूर्ण फाइल र पक्राउ परेका अभियुक्त सहित बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको जानकारी दिनुभयो ।

प्रस्तु प्रकरणमा विभागले पक्राउ गरेका विमानस्थल भन्सारका ३ जना कर्मचारी सहित भारतीय र चिनियाँसहित १८ जना मध्ये एक जनालाई हाजिर जमानीमा छाडिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु