सोमवार, जेष्ठ ७, २०८१

माओवादीले भाद्र १६ देखि जनतासँग तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने

भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने  पार्टी अध्यक्ष एवं प्रम प्रचण्डको  प्रतिवद्धता 

काठमाडौं साउन २१,
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नलाई सम्बोधन गर्दै हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिनुभएको छ ।

त्यस्तै सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले  विचार र राजनीतिमा पार्टी एकमत भएको र भावनात्मक रुपमा एकै ठाउँमा आएको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्ता जनतासँग एकाकार हुनैपर्नेमा जोड दिनुभयो ।

साथै यसवीचमा सञ्चालन हुने अभियानको क्रममा  आफू पनि सात प्रदेशको विभिन्न सात वडामा पुगेर जनतासँग साक्षात्कार गर्ने बताउँदै उहाँले सुशासन एवम् समृद्धिको यात्रामा देश अगाडि बढ्को जनाउ सहित भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने प्रतिवद्धता समेत व्यक्त गनुभयो ।

यसैवीच बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रुपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिदै आगामी भाद्र १६बाट जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ सञ्चालन गरिने बताउनुभयो ।

त्यस्तै केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितत सहित केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाइएको जानकारसंगै आज विहान बसेको पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको र अनुमोदित निर्ण अनुसार पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको बताउनुभयो । साथै उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश र सचिव लीलामणि पोखरेललाई मधेश प्रदेश र सचिव देवेन्द्र पौडेललाई गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। त्यस्तै चक्रपाणि खनाललाई कोशी प्रदेश,हितमान शाक्यलाई लुम्बिनी प्रदेश , मात्रिका यादवलाई कर्णाली प्रदेश र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।

त्यस्तै समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरा लाई जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसाललाइ रप्रचार विभागको इन्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु