सोमवार, जेष्ठ ७, २०८१

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रमद्वय नेपाल र भट्टराई माथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश [पूर्णपाठसहित]

काठमाडौं साउन २१,
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने गरी भएका निर्णयमा संलग्न मन्त्रिपरिषदका सदस्यहरुमाथिसमेत अनुसन्धान आदेश दिएको छ ।

यस्तो छ आदेशको पूर्णपाठ

सर्वोच्च यो आदेशसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजान २०६६/६७ र २०६९ मा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसंगै माधव नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री विजय गच्छदार र बाबुराम नेतृत्वको मन्त्रिपरिषदमा भूमि सुधारमन्त्री चन्द्रदेव जोशी माथिसमेत अव अनुसन्धान हुने भएको छ ।

 यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको भन्दै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु