सोमवार, जेष्ठ ७, २०८१

आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवा अनलाइनबाटै

 काठमाडौ साउन २१,
परराष्ट्रमन्त्री एनपी साउदले आज एक कार्यक्रमकावीच अनलाइनमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सेवाको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अनलाइनमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाण्किरण सेवाको औपचारिक शुभारम्भ पछि अनलाइनमार्फत चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने जनाएको हो ।

 त्यस्तै मन्त्रालयले अनलाइनबाटै आवेदन दिने र प्रमाणीकरण हुने भएपछि अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीले राजधानीको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग जानु पर्ने बाध्यता हट्ने दाबी सहित प्रस्तुत सेवाका लागि लिइने राजस्व भुक्तानी समेत अनलाइनबाटै गर्न सकिने जनाएको छ ।

यसअघि चारित्रिक प्रमाणपत्रका लागि सेवाग्राही आफै विभाग धाउनु पर्ने वाध्यता रहेकोमा अनलाइन सेवा सञ्चालमाआएसंगै सेवाग्राही र विभाग दुवैलाई सहज हुने विभागसम्वद्ध अधिकारीहरुको भनाइ रहेको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु