सोमवार, जेष्ठ ७, २०८१

सातै प्रदेशमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना

काठमाडौ साउन २१,
आंशिकदेखि सामान्य बदली भइ हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको जनाउँदै आज दिउँसो सामान्यदेखि पूर्ण बदली भई देशका सातै प्रदेशमा वर्षा हुने जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिन यसवीचमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशको एकाध स्थानमा हावाहुरी संगै सातै प्रदेशमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

 त्यस्तै सोमबार पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना औल्याउँदै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदलीसंगै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको जनाएके छ।

साथै मंगलबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासंगै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एकाध स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने पूर्वानुमान सहित सो दिन राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भने मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने जनाएके छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु