सोमवार, जेष्ठ ७, २०८१

माओवादी  बैठक : प्रतिवेदन माथि उठेको प्रश्न केन्द्रीत हुँदै  पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने

बैठक लम्ब्याउने वा आजै सक्ने निणर्य गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौ साउन २१,
गत बुधवारदेखि राजधानीमा जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्र केन्द्रीय समिति बैठक आज सकिँदैछ ।  राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीको तयारी रहेको जनाउँदै माअ‍ेवादी मुख्यालयले केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले बैठक लम्ब्याउने वा आजै सक्ने हो सो सम्बन्धमा बैठक अघि बस्ने पदाधिकारी बैठकले निणर्य गर्ने जनाएको छ।

जारी बैठकमा शनिबारसम्म दुई सय २१ जना नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । आज दिउँसो १ बजेसम्म बाँकी सदस्यहरुलाई बोल्नका लागि समय दिने र त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम तय भएको जनाउँदै बैठकमा बोल्न नभ्याएका केन्द्रीय सदस्यहरुको धारणा लिखितरुपमा लिने र त्यसलगत्तै बैठकममा आफुले प्रस्तुत गरेको प्रतिवेदन माथि उठेको प्रश्न केन्द्रीत हुँदै  पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसुची  रहेको मुख्यालयले जनाएको छ।

यसैवीच बैठकमा वोल्ने अधिकास केन्द्रीय सदस्यहरूले नीति र नेतृत्वको खुलेर आलोचनासंगै विधान सम्मेलन नगरी विशेष महाधिवेशन गर्न सुझाव दिए । नेतृत्वको रूपान्तरणसहित पार्टी रूपान्तरणमा जोड दिएका छन ।  त्यस्तै उनिहरुले सुन तस्करी र नेताहरुको सम्पत्ति छानबिन लगायतका विषयमा समेत नाम मुछिएका नेताहरुलाइ छानविनको दायरामा ल्याइनुपर्नेमा जोड दिदै पार्टीले संरक्षण गर्न नहुनेमा आवाज मुखरित गरेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु