सोमवार, जेष्ठ ७, २०८१

महानगर छात्रवृत्ति प्रवेश परीक्षामा ५ हजार २०४ विद्यार्थी सहभागी

काठमाडौ साउन २१,

काठमाडौं महानगर अन्र्तगत शिक्षा विभागले शनिवार कक्षा ११ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि प्रवेश परीक्षा लिएको छ । छात्रवृत्तिका लागि कुल ६ हजार १७ जनाले आवेदक मध्ये ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी रहेको विभागले जनाएको छ।

त्यस्तै विभागले आवेदकमध्ये ३ हजार ७१३ जनाले विज्ञान विषयका लागि, १ हजार ४८४ जनाले व्यवस्थापन विषयका लागि ,१७६ जनाले प्राविधिक विषयका लागि ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जनाले कानुन विषयका लागि , १६ जनाले मानविकी विषयका र १८ जना परीक्षार्थीले शिक्षा विषयको छात्रवृत्तिका लागि परीक्षामा सामेल भएको जनाएको छ।

महानगरका विभिन्न विधालयको १५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका वहुवैकल्पिक उत्तर राखेर बस्तुगत परीक्षा लिइएको हो । परीक्षार्थीले उत्तीर्ण हुन कम्तीमा ४० अङ्क प्राप्त गर्नुपर्छ । योग्यता क्रम निर्धारण गर्दा उच्चतम अङ्कलाई आधार मानिनेछ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ नगरी अनलाइन म्याचिङ् विधिबाट उत्तर परीक्षण गरिने विभागले जनाउँदै परीक्षा केन्द्रहरुबाट उत्तर पुस्तिका संकलन पछि उत्तर पुस्तिका परीक्षणको काम भइरहेको जनाएको छ।

त्यस्तै छात्रवृत्ति वितरण कार्यविधि अनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइनेछ । दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाइ लक्षित गरिएको विभागले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु