सोमवार, जेष्ठ ७, २०८१

तारकेश्वर नगरपालिका-५ स्थित चो गाउँमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

काठमाडौँ साउन २१,

काठमाडौंको तारकेश्वर नगरपालिका-५ स्थित चो गाउँमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु भएको छ ।  गएराती  चन्द्र तामाङको घर पहिरोले पुरिँदा भाडामा बस्दै आएका नुवाकोट सामरीका ४१ वर्षीय गणेश तामाङ र उनकी छोरी १५ वर्षीया आश्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गणेशकी श्रीमती घाइते भएकी छन् भने छोरा सकुशल रहेको जनाउँदै मृतक बाबु-छोरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु