सोमवार, जेष्ठ ७, २०८१

साताव्यापी विविध कार्यक्रम सहित २९ औं विश्व आदिवासी जनजाति दिवस मनाइने

काठमाडौं साउन १९,
२९ औं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरेर मनाउने तयारी भएको जनाएको छ।

शुक्रबार काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजन गरेको पत्रकार सम्मेलनमा नेफिनका महासचिव दिवश राईले महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने राष्ट्रिय मूल नारा सहित दिवस मनाउने तयारी भएको बताउनुभयो ।

त्यस्तै उहाँले विगत २९ वर्ष देखि मनाउंदै आईरहेको अन्तराष्ट्रिय विश्व आदिवासी दिवशमा आदिवासी जनजातिहरुको जातीय, भाषिक , साँस्कृतिक तथा धार्मिक पहिचानको जर्गेना संगै आदिवासीहरुको मौलिक ज्ञान सिप र उनीहरुको थाकथलोको संरक्षण एवम् प्रवर्धन गर्ने तथा राज्यका हरेक निकायमा समानुपातीक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्धाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवीका लागि महत्वपूर्ण आयाम सावित हुने बताउनुभयो ।

त्यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दहालको प्रमुख आतिथ्यतामा दिवसको मुल समारोह सम्पन्न हुने बताउनुभयो ।

त्यस्ते पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिको प्रथाजनित मान्यतामाथि विभिन्न व्यक्तिले लोकप्रियताको नाममा सामाजिक सञ्जाल तथा मिडियामा आदिवासी जनजातिको मान्यता र विश्वासमाथि ठेस पुग्ने काम गरेको भन्दै खेद प्रकट गर्नुभयो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु