मङ्लबार, जेष्ठ १, २०८१

माओवादी बैठक: पार्टीलाई जनतासंग जोड्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण

केन्द्रीय समितिमा ३५ प्रतिशत महिला सदस्य थप

काठमाडौं साउन १९,
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको  हो ।

त्यस्ते उहाँले ‘अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको प्रस्तावको मूल मर्मभित्रै रहेर सदस्यहरुले धारणा व्यक्त गर्दै पार्टीलाई जनतासंग जोड्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराउनु भएको बताउनुभयो ।

साथै उहाँले केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार केन्द्रीय समितिमा महिला सदस्य थप गरिएको र योसंगै अव माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय पुगेको बताउनुभयो ।

बुधबारदेखि सुरु भएको बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु