सोमवार, जेष्ठ ७, २०८१

सुन तस्करी प्रकरणको सुक्ष्म अनुसन्धान गर्न सीआईबीलाइ प्रधानमन्त्रीको निर्देशन

काठमाडौं साउन १९,
एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले गर्ने भएको छ।
प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराध भएकोले दोषी कोहि उम्कन नपाओस निर्दोश कोहि नफसुन भन्दै जरैसम्म पुग्नेगरि प्रस्तुत प्रकरणको सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।

प्रस्तुत प्रकरणको हाल राजस्व अनुसन्धान विभागमार्फत जारी अनुसन्धानको क्रममा भन्सार अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।

यसैवीच सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले प्रधानमन्त्रीबाट अनुसन्धानका लागि निर्देशन पाइसकेको भन्दै अनुसन्धान विभागबाट फाइल आउनासाथ अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने बताइन् ।

त्यस्त} प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न दबाब दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अनुसन्धानको जिम्मेवारी प्रहरीलाई दिदै गर्दा तस्करी प्रकरण तार्किक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु