सोमवार, जेष्ठ ७, २०८१

महानगरले कोभिड १९ विरुद्ध वडाव्यापी खोप अभियान सञ्चालन गर्ने

काठमाडौँ साउन १७,
काठमाडौँ महानगरले साउन २१ गतेदेखि ९ वटा वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । महानगरका नागरिकहरुको स्वास्थ्य अवस्था र सुरक्षाको लागि महानगरले खोप अभियान सञ्चालन गर्न लागेको हो ।

पछिल्लो समय कोभिड संक्रमणको जोखिम नदेखेपनि संक्रमतिको सख्या निर्मुल नभएको र ‘विरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्यसंगै सम्भावित स्वास्थ्य जोखिम आँकलन गरेर खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य तालिम केन्द्र सरोकारवाला अधिकारी सहितको आज बसेका तयारी बैठकमा महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताउनभयो ।

त्यस्तै उहाँले पहिलो चरणमा साउन २१ र २२ गते खोप अभियान महानगरको क्रमस वडा नं. ११, १७, ३१, १४ र ६ वडा न सञ्चालन गरिने छ भने दोस्रो चरणमा साउन २३ र २४ गते वडा नं. १२, १९, ३२ र १५ वडामा सञ्चालन गरिने भएको छ । तत्कालका लागि दुइ चरणमा सञ्चालन गरिने खोप अभियान महानगरको ३२ मध्ये ९ वटा वडा समितिमा सञ्चालन गरिने र त्यसपछि आभियानको प्रभावकारिता अनुरुप बाँकी वडामा अभियान सञ्चालनको कार्ययोजना तर्जुमा गरिने महानगरले जनाएको छ ।

साथै अभियान लाई प्रभावकारी बनाउँन महानगरले साउन १८ र १९ गते स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिमुखीकरणसंगै २० गते शनिवार खोप सञ्चालन हुने वडामा माइकिङ्क गरिने जनाउदै खोप कार्यक्रममा १२ बर्ष माथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर बायोटक विभालेन्ट खोप दिइने महानगरले जनाएको छ ।

खेप अभियान सञ्चालन तयारी बैठकमा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नंं १४ का अध्यक्ष सुमन श्रेष्ठसहित खोप सञ्चालन हुने वडाका सदस्य, स्वास्थ्य सेवा विभागको खोप तथा परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहभागीता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु