सोमवार, जेष्ठ ७, २०८१

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

 काठमाडौं साउन १७,
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।  कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा दिउँसो १ बजेपछि बैठक सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आठौं केन्द्रीय समितिको चौथो पूर्ण बैठक औपचारिक रुपमा प्रारम्भ भएको घोषणा गरेसंगै केन्द्रीय समिति बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसंगै बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्ने कार्यसूची रहेको छ ।  यसैवीच केन्द्रीय समिति बैठकअघि आज बिहान बसेको पदाधिकारी र स्थायी समिति बैठकले विधान संशोधन गरेर केन्द्रीय सदस्य थप गर्ने निणर्य गरेको थियो ।  प्रस्तुत निर्णयसंगै माओवादी केन्द्रको मौजुदा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्यको सख्या बढ्ने भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु