सोमवार, जेष्ठ ७, २०८१

आजदेखि सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु हुँदै

काठमाडौ साउन  १७,
आज देखि  सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक  राजधानीमा सुरु हुँदैछ ।  तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ बैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुने बैठकको    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रीय मुख्यालयले जनाएकोछ ।

त्यस्ते बैठकमा  मुलत  नेताहरूको जिम्मेवारी बाँडफाँट संगै सङ्गठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विधान तथा विशेष महाधिवेशनको तयारी , । सरकारको कामकारबाहीको समीक्षासंगै   पछिल्लो समय   सरकारले  शुरु गरेको  सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको विषयमा समेत छलफल हुने बताइएकोछ ।

त्यस्तै माओवादीले केन्द्रीय केन्द्रीय समिति बैठक पार्टी अध्यक्ष दाहालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको थाहा भएको  छ । तर पदाधिकारी बैठक निर्णय प्रति केन्द्रीय सदस्यहरूले आपत्ति जनाएपछि आज बिहान बस्ने स्थायी समिति बैठकले प्रत्यक्ष प्रसारणको विषयमा अन्तिम निर्णय लिने पार्टीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु