सोमवार, जेष्ठ ७, २०८१

बागमती सहित पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको संभावना

काठमाडौं साउन १७
मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास रहेको  जनाउँदै   आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको संभावना रहेको जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गर्दै राति देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्ते बिहिबार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना औल्याउँनको अलावा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु