सोमवार, जेष्ठ ७, २०८१

चार दिनभित्र कोशी प्रदेश सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

काठमाडौं साउन १२,
कोशी प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले चार दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको छ ।

यसअघि तत्कालीन नेकपा एमालेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत असार २१ गते सरकार गठनको क्रममा सभामुखको समेत हस्ताक्षार प्रयोग भएको भन्दै नवनियुक्त मुख्यमन्त्री उद्धव थापा थापाको नियुक्ति प्रक्रिया बदरको माग गर्दै दायर रिटको सुनवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले थापाको नियुक्ति प्रक्रियालाई नै बदर गरिदिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री चयनका लागि नयाँ प्रक्रिया सुरु गरेको हो ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार साउन १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न सर्वोच्चले दिएको परमादेश अनुरुप रिक्त रहेको कोशी प्रदेशको मुख्यमन्त्री पदमा चार दिनभित्र अर्थात साउन १६ गते अपरान्ह् ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको हो ।