सोमवार, जेष्ठ ७, २०८१

औषधि व्यवसायी पक्राउ प्रकरणको सम्वद्ध संस्थाद्दारा भत्सर्ना  

काठमाडौं साउन  १२,  
नेपाल औषधि थोक व्यवसायीसंघले  सुदुरपश्चिम प्रदेश अन्र्तगत रहेको  धनगढीमा सञ्चालित औषधि फार्मेसीमा  स्थानीय राज्य प्रशासनले  नियमनको  नाममा  थोक औषधि व्यवसायी एवम्  व्यवसायीलाइ  पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएको  छ ।   संघका महासचिव गणेश नेपालले  धनगढी औषधि बजारमा स्थानीय  प्रशासनले  नियमन भन्दै व्यवसायीको  मानमर्दन सहित  धरपकड गर्ने क्रममा  ७६ वर्षिय औषधि व्यवसायी गोरख वहादुर श्रेष्ठ सहित एक दर्जन व्यवसायीलाइ नियन्त्रणमा  लिएको  जानकारी दिनुभयो ।

त्यस्तै उहाँले  औषधि जगतको नियमक संस्था औषधि व्यवस्था विभागको  क्षेत्राधिकार समेतको  वर्खिलाप प्रशासन कारवाहीको चरणमा उत्रेसंगै स्थानीय तमाम औषधि व्यवसायी आन्दोलित भएको जनाउँदै राज्य प्रशासनले  नियमनको नाममा  गर्दै आएको  कारवाही प्रकियाको  घोर भत्सर्ना गर्दै तत्काल पक्राउ गरिएका औषधि व्यवसायी श्रेष्ठ सहितका व्यवसायीलाइ  रिहा नगरे देशभरका  औषधि व्यवसायी  चरणवद्ध आन्दोलनमा  होमिन वाध्य हुने  बताउनुभयो ।

साथै महासचिव नेपालले व्यवसायीले व्यवसाय गर्ने क्रममा  कुनै किसिमको  कैफियत पूर्ण कार्य गरेको  अवस्थामा  कारवाही हुनु स्वभाविक भएपनि  र अपराधीको प्रारुपमा  प्रशासनले धरपकड  गर्नु किमार्थ  स्वीकार्य नभएको  भन्दै प्रशासनको  प्रस्तुत  आतंकविरुद्ध विभागीय मन्त्रालय , गृहमन्त्रालय संगै नियमक निकाय औषधि  व्यवस्था विभागको   समेत ध्यानाकर्षण गराउने  जानकारी दिनुभयो ।

 यसैवीच जिल्ला प्रशासन कार्यालय कैलालीका   प्रमुख जिल्ला अधिकारी युवराज कटेलसंग टेलिफोन सम्पर्क गर्दै औषधि व्यवसायी पक्राउ प्रकरणको विषयमा जानकारी माग्दा उहाँले मन्त्रालयको सर्कुलर अनुरुप नियमन गरिएको  जनाउ सहित नियमनको क्रममा  निमयक निकायमा  दर्ता नभइ ऐन कानुन विपरितका व्यवसाय  तथा सेवा सञ्चालन गर्ने , त्यस्तै  नेपालमा  विक्री वितरणमा वर्जित गरिएका औषधिका कारोवार गर्ने जस्ता अनेकौं  विकृति देखिएसंगै त्यस्ता क्रियाकलापमा संल्गन व्यवसायीलाइ पक्राउ गरिएको  बताउनुभयो ।