सोमवार, जेष्ठ ७, २०८१

काठमाडौँ उपत्यकासहित देशभर अझै केही दिन निरन्तर वर्षाको सम्भावना

काठमाडौं साउन १३,
मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको आंशिक प्रभावसंगै काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको यो क्रम अझै जारीरहने जनाएको छ ।
त्यस्ते महाशाखाले पछिल्लो समय मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेका कारण अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसवीचमा आज दिउँसो र राती दुवै समयमा कोशी, मधेश,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।