सोमवार, जेष्ठ ७, २०८१

प्रचण्डले एकताको नाममा पार्टी कब्जा गर्न खोजेको ओलीको आरोप

काठमाडौं साउन १२,
नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनसंगठन समन्वय संयन्त्रको १२औं बैठकलाई सम्बोधन गदै तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएको भनिएपनि वास्तवमा त्यो एकता नभइ सके पार्टी कब्जा गर्ने नसके अलग हुने माओवादीको दुष्चक्र भएको बताएका छन् ।

स्मरण रहोस एमाले र माओवादी केन्द्र मिलेर त्यसबेला नेकपा बनेको थियो । तर, नेकपा विभाजन भएको साढे दुई वर्षपछि ओलीले एकता प्रक्रियालाइ अस्वीकार गर्दै त्यसवेला प्रचण्डले हिसाबसमेत नबुझाएको जनाउ सहित एमालेको रकममा चले । एमालेको रकम खाए । एमालेको रकम पिए । सबै गरे ।’ त्यसबेला प्रचण्डले पार्टीमा एक पैसा पनि दाखिल नगरेको आरोप लगाउँदै प्रचण्डले एकताको नाममा पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन ।

 त्यस्तै भक्तपुरमा जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले भने,हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् । कार्यालय र बैंकमा भएको डिपोजिट पनि दाखिल नगरेको बताए ।