सोमवार, जेष्ठ ७, २०८१

रेडी ट्रेड प्रालिको गोदामबाट वरामद ६६ कार्टुन ब्रेकसुको परिणाम तौलिदै

काठमाडौं साउन १२,
राजस्व अनुसन्धान विभागले बुधबार रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेर बरामद गरेको ६६ कार्टुन ब्रेकसुको परिणाम तौलिन सुरु गरेको छ ।  विभागले बुधबार रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेर बरामद गरेको ६६ कार्टुन ब्रेकसुसँगै सुन गाल्ने तथा तौलिने मेसिन समेत बरामद गरेको थियो ।

वरामद भएको ६६ कार्टुन ब्रेकसुमा सुन नै हुन सक्ने प्रारम्भिक अनुमान सहितको अनुसन्धान पछि वरामद ब्रेकसुमा सुन नभएको पुष्टि भएपनि उक्त ब्रेकसु तौलिन सुरु गरेको हो । चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनी, ताइवानको तालमड कम्पनी र चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएका सामान नेपालको रेडी ट्रेड कम्पनीका नाममा आउने गरेको विभागले जनाक्एो छ।

पछिल्लो दुई महिनामा मात्रै रेडीले यी कम्पनीमार्फत १९ सय ९७ केजीबराबरका सामान भित्र्याएको थियो । रेडीकै नाममा असार २९ मा क्याथे प्यासिफिकको कार्गोमा आएको ३६ कार्टुनमध्ये आठवटा भन्सार जाँचपास भएर बाहिरिएपछि गत २ गते राजस्व अनुसन्धान विभागले सिनामंगल गैरीगाउँको सडकबाट बरामद गरेको थियो ।