सोमवार, जेष्ठ ७, २०८१

राप्रपाको केन्द्रीय कार्यालय दुई दिनभित्र खाली गर्न महानगरको अल्टिमेटम

काठमाडौं साउन १२,
काठमाडौं महानगरले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय दुई दिनभित्र खाली गर्न अल्टिमेटम सहितको माइकिङ गरेको छ । हाइटेन्सन लाइनमुनि भवन निर्माण भएकाले महानगरले भवन खाली गर्न निर्देशन दिएको हो ।

काठमाडौं महानगरले पछिल्लो चार महिनादेखि भवन खाली गर्न आग्रह गर्दै आएपनि कुनै सुनवाइ नभएसंगै महानगरले माइकिङ गर्दै सक्रियता बढाएको हो । समाचार स्रोतका अनुसार १० रोपनी क्षेत्रफलमा रहेको राप्रपाको केन्द्रीय कार्यालय रहेको घर हाइटेन्सन लाइनमुनि मात्र नभएर उक्त घरको घरको नक्सापास समेत नभएको बुझिएको छ ।

त्यस्तै दुई दिनभित्र खाली घर खाली नभए डोजर लगाउने तयारी समेत भएको जनाउदै महानगरले तोकिएकै मितिमा खाली गर्नुपर्ने जनाएको छ । तर राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आवश्यक छलफलपछि पार्टीको धारणा आउँने जनाउँदै यस विषयमा महानगरसंग हामी छलफल गर्ने बताए ।