सोमवार, जेष्ठ ७, २०८१

सर्वोच्चको फैसलासंगै कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार ढल्यो

मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन  प्रदेश प्रमुखका नाममा आदेश

काठमाडौं साउन ११,
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको ठहर गरेसंगै कांग्रेसका नेता उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठन अवैधानिक भएको भन्दै दायर रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासलेले सरकार गठनको क्रममा सभामुखले हस्ताक्षर गर्न नपाउने ठहर सहितको फैसलागरेपछि कोशी प्रदेशमा थापा नेतृत्वको मौजुदा सरकार ढलेको हो ।

यस्तो छ सर्वोच्चको पूर्ण इजलासको फैसला:

त्यस्तै सर्वोच्चको फैसलामा संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर सरकार गठनको प्रक्रिया अघि बढाउन र १७ गतेभित्र बहुमत पाउने दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखलाई आदेश समेत दिएको छ ।

त्यस्तै आदेशमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको र जुन विन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रकृया अगाडि बढाउनु मनासिव हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र २०८०–४–१७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोसी प्रदेशका प्रदेश प्रमुख समेतको नाममा परमादेश जारी हुने ठहर्छ ।’ भनिएको छ।

साथै यसवीचमा मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिनसमेत प्रदेश प्रमुखका नाममा आदेश समेत दिएको छ ।

यसैवीच सर्वोच्चको आदेशसंगै कोशी प्रदेशमा नयाँ सरकार बनाउन दलहरु सक्रिय भएका छन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको समर्थन चाहिन्छ । कुनै पनि दलको एकल बहुमत नभएकाले बहुमत जुटाउन दुई वा दुईभन्दा बढी दलको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, समाजवादीका ४ र जसपाका १ सदस्य रहेका छन् ।

अवको चरणमा ‘गठबन्धन दलभित्रबाट सरकार बन्छ वा प्रदेशको ठूलो दलको हैसियतमा एमालेलेको तर्फबाट सरकार बन्छ त्यो भने प्रतिक्षाको विषय भएको छ।