सोमवार, जेष्ठ ७, २०८१

सुन तस्करी प्रकरण : रेडी ट्रेडको गोदाममा विभागको छापा , केही कार्टुन ‘ब्रेक शु’ बरामद

काठमाडौं साउन ११,
राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मार्दै केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागले जनाएको छ ।

 गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै १०० किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो। यसैमेसोमा विभागले अनुसन्धानको क्रममा रेडी ट्रेडको गोदाममा छापा मारेको हो ।

यसैबीच विभागले विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै एक सय किलो सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा समेत बुधवार छापा मारेको छ ।

अडुकियाको पछिल्लो एक महिनामा पटक–पटक भारत, दुबई र हङकङ ओहोरदोहोर गरिरहेको ट्राभल हिस्ट्री संगै विमानस्थलबाट सुन बरामद हुनुभन्दा नौ दिनअघि भारतको बाटो हुँदै हङकङ र त्यहाँबाट दुबईको बाटो भएर काठमाडौ आएपछि विभागले उनीमाथि शंका गरेको हो ।  यसैगरि  बुधवारनै सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङलाई विभागले पक्राउ छ ।