सोमवार, जेष्ठ ७, २०८१

काठमाडौंको बुढानीलकण्ठ, जितपुर र आसपासको क्षेत्रमा भारी वर्षा

आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको संभावना

काठमाडौं साउन ११,
जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल मनसुनसँगै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव बढ्दो रहेको जनाएको छ।  त्यस्तै   यसवीचमा महाशाखाले  देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै  मौसम पूर्वानुमान महाशाखाका आज बिहान काठमाडौंको बुढानीलकण्ठ, जितपुर र आसपासको क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । यसवीचमा महाशाखाले बिहान ३ बजे एक सूचना जारी गर्दै पछिल्लो दुई घण्टामा भारी वर्षा भएको जनाएकोहो । जसका कारण विष्णुमती गोंगबुमा जलसतह सतर्कता नजिक पुगेको थियो भने विष्णुमती, ईच्छुमती, धोवीखोला तटीय क्षेत्रमा खोलाको पानी सडक र बस्तीमा आउन सक्ने भएकाले बिहान ७ बजेसम्म सतर्क रहन आग्रह गरिएको थियो ।

त्यस्तै महाशाखाले आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको संभावना औल्याउँदै वर्षाका कारण हुन सक्ने क्षति प्रति सचेत रहन आग्रह गरेको छ।

त्यस्तै  शुक्रबार पनि केही प्रदेशमा भारी वर्षा र केहीमा हल्कादेखि मध्यम वर्षा हुने जनाउँदै महाशाखाले दिउँसो देशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्स हित भारी वर्षा हुने जनाएको छ ।