सोमवार, जेष्ठ ७, २०८१

शनिवार काठमाडौँका विभिन्न स्थानमा ८ घण्टा विद्युत आपूर्ति बन्द हुने [तालिका सहित]

काठमाडौं साउन ५,
नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गर्दै भोली शनिबार काठमाडौँका विभिन्न स्थानमा ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने सार्वजनिक जानकारी दिएको छ ।

प्राधिकरणले जारी सूचनामार्फत लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ के.भी लाइन १३२ के.भी. मा चार्ज गर्ने गरी कार्य भइरहेको कारण सोही प्रयोजनका लागि विद्युत आपुर्ति बन्द गर्न लागिएको जनाएको छ।

त्यस्तै सूचनामा प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर – १ प्यानल तथा दुईवटा मध्ये एक वटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकोले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको तल उल्लेखित फिडरहरूमा विद्युत सेवा प्रवाह बन्द गर्नु परेको जानकारी दिएको हो ।

साथै यसवीचमा वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिनेछ र निर्धारित समयअघि कार्य सम्पन्न भएमा लाइन सुचारु गरिने जानकारी समेत प्राधिकरणले दिएको छ ।

यस्तो छ समयसिमा सहितको विद्युत आपूर्ति बन्द हुने क्षेत्रगत तालिका :