सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस केन्द्रीय समितिको बैठक लम्वियो, केन्द्रीय सदस्यहरुले वोल्ने क्रम जारी

काठमाडौं साउन ५,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारण राख्ने क्रम नसकिएका कारण आज पनि जारी रहने भएको छ।

पार्टी मुख्यालयमा विहीवार तेस्रो दिनको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता प्रदीप पौडेलले बैठकमा केन्द्रीय सदस्यको बोल्ने क्रम नसकिएको र सबैले भनाइ राख्न अझै दुई दिन लाग्ने आंकल सहित केन्द्रीय समितिको बैठक आइतवार सम्म जारी रहनसक्ने जानकारी दिनुभएको हो ।
‘नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको पहिलो दिन महामन्त्री विश्वप्रकाश शर्माले १० वुँदे प्रस्ताव र सोही प्रस्ताव भित्रको सांगठनिक कार्ययोजना र कार्यतालिका महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै बैठकमा उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मंसिर ४ को निर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधि बारे जानकारी दिनुभएको थियो भने केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।   त्यस्तै आनन्दप्रसाद ढुंगानाले केन्द्रीय अनुशासन समितिको प्रतिवेदन र रमेश लेखकले संसदमा पार्टीको गतिविधि सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै बुधवारको बैठकमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरु उपर प्रदेश सभापति र केन्द्रीय सदस्य ४६ जनाले छलफलमा भाग लिनुभएको थियो भने बैठकमा ३५ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।  आजको बैठकमा बाँकीकेन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राख्नेक्रमले निरन्तरता पाउँने जनाएको छ ।