सोमवार, जेष्ठ ७, २०८१

सुन प्रकरणको निष्पक्ष छानवीन गरी दोषीलाई कानूनको दायरामा ल्याउँने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं साउन ४,
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सय केजी सुन प्रकरणका दोषिलाई कानूनको दायरामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार गृह मन्त्रलायमा भएको गृहमन्त्री र सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरुबीच शान्ति सुरक्षा सुदुढीकरण विषयमा भएको छलफल कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग उनले त्रिभूवन विमास्थलको भन्सार कार्यालयबाट पास भएको सुनको विषयमा निष्पक्ष छानवीन गरी दोषीलाई कानूनको दायरामा ल्याउँने प्रतिवद्धता जनाएका हुन् ।  निर्दोष कोही नफस्ने र अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् गरी दोषीलाई कानूनको दायरामा ल्याउँने गरी छानवीनको निर्देशन दिइसकेको बताए ।

उनले भने, ‘अनुसन्धान हामी गम्भीरतापूर्वक अगाडि बढाउँछौं । यो घट्ना घटेपनि नघटेपनि जुन घट्ना हुन्छन हाम्रो स्ट्यान्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि त्यहि निर्देशन छ । जुन सुकै निकायले गर्ने भएता पनि निर्दोश नफसुन र कुनै पनि परिघट्नाको सन्दर्भमा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् र दोषिलाई कानूनको दायरामा ल्याउँने गरी होस् भन्ने हाम्रो निर्देशन रहेको छ । ’