आइतवार, जेष्ठ ६, २०८१

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: गुटगत राजनितिको अन्त्य गर्नुपर्नेमा जोड

काठमाडौं साउन ४,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन । आजको बैठकमा ३५ केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा अभिव्यक्त गर्नुभएको थियो ।

केन्द्रीय समिति बैठकमा १० वटा एजेन्डा र विभिन्न प्रतिवेदनमाथि जारी छलफलको क्रममा केन्द्रीय सदस्यहरुले पार्टी पदाधिकारीबीच देखिएको फरक मतले पार्टी बलियो हुन नसक्ने, गुटगत राजनितिको अन्त्य गर्नुपर्ने र पार्टीलाइ विधानअनुरुप चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु— सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा। गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला ९पौडेल०, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी , उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई.मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के।सी।, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

बैठकमा धारणा राख्ने क्रम जारी छ, कार्यसमितिको बैठक श्रावण ५ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने काँग्रेस मसख्यालयले जनाएके छ ।