सोमवार, जेष्ठ ७, २०८१

सुन प्रकरणमा पक्राउ परेका सातैजनालाई १० दिन थुनामा राख्न उच्चको अनुमति

काठमाडौं साउन ४,
त्रिभुवन विमानस्थलबाट करिब एक क्विनटल सुन वरामद प्रकरणमा पक्राउ परेका ७ जनालाई अदालतले अनुसन्धानका १० दिन थुनामा राख्न अनुमति दिएको छ ।
पाटन उच्च अदालतले पहिलो पटक नै १० दिन थुनामा राख्न राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

यस प्रकरणमा एक चिनियाँ र एक जना भारतीय नागरिकसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेडी ट्रेड कम्पनीका सञ्चालक दीलिप भुजेल, ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्रकुमार राई , हर्कराज राई, राजकुमार भुजेल, भारतीय नागरिक थुक्मिङ छिरिङ र चिनियाँ नागरिक डेक्यु याङ रहेका छन् ।

यसैवीच मंगलबार विमानस्थलबाट बरामद गरिएको करिब एक क्विन्टल सुन ८ वटा पोकामा बाँधेर राजस्व अनुसन्धान विभागले सुनको तौलमापन गर्नका लागि नेपाल राष्ट्र बैंकलाई जिम्मा लगाएको छ ।