सोमवार, जेष्ठ ७, २०८१

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री प्रचण्ड साउन ७ गतेदेखि इटाली भ्रमणमा जाने

काठमाडौं साउन ३,
प्रधानमन्त्री पुष्पकमल दाहाल साउन ६ गते  इटालीको भ्रमणमा जाने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो ।

त्यस्तै बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा जुलाई २४,२५ र २६ मा इटालीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णयसंगै शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा। रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।