सोमवार, जेष्ठ ७, २०८१

देशका विभिन्न प्रदेशमा सामान्यदेखि पूर्ण बदलीका वावजुद पनि वर्षाको संभावना न्यून

काठमाडौं साउन ३,
मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। जसका कारण देशका विभिन्न प्रदेशमा सामान्यदेखि पूर्ण बदलीसंगै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम धुम्मिएको छ भने फाट्टफुट्ट वर्षा भइरहेको जनाउँदै महाशाखले आगामी तीन दिन बदली भएपनि आगामी तीन दिन देशका कुनै पनि स्थानमा भारी वर्षाको संभावना नरहेको जनाएको छ ।

यद्यपी आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा भने वर्षाको संभावना रहेको जनाएके छ। त्यस्ते बिहीबार, शुक्रबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकाध स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।