आइतवार, जेष्ठ ६, २०८१

बन्चरेडाँडाका स्थानीय आन्दोलित, फोहर व्यवस्थापनमा समस्या

काठमाडौं साउन १,
काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग एक वर्षअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले फेरि आन्दोलनको उद्घोष गरेका छन । काठमाडौंबाट फोहोर लिएर बन्चरेडाँडातर्फ गएका गाडीलाई बीच बाटोमै रोकेर फोहोर विसर्जनमा रोक लगाउँदै काठमाडौं महानगरविरुद्ध आन्दोलनको उद्घोष गरेको हो ।

 स्थानीयको आन्दोदलनका कारण फोहोर लिएर गएका आज उपत्यकाका १८ स्थानीय तहको फोहर वाकेको ५० भन्दा बढी गाडी बन्चरेडाँडानजिकैको आलेटार क्षेत्रमा रोकिएसंगै काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो।

विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको थियो। यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भाद्र देखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ काठमाडौं महानगरले यसवर्ष वर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिनाको सुरवात देखिनै फोहर व्यवस्थापनमा समस्या देखिएको छ ।