आइतवार, जेष्ठ ६, २०८१

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २ गतेका लागि सर्‍यो

काठमाडौं असार २७ ,
नेपाली काँग्रेसको आजबाट शुरु हुने भनिएको पूर्व निर्धारित केन्द्रीय समितिको बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण स्थगित गरिएको छ।

प्रधानमन्त्री प्रचण्डकी पत्नीको निधन भएपछि पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का दाहालको शोकमा सहभागी हुन गएपछि बिहान ९ बजे एजेन्डा तय गर्न बस्ने भनिएको बैठक बस्न नसकेसंगै केन्द्रीय कार्यसमिति बैठक नै स्थगित भएको हो ।

काँग्रेस पार्टी कार्यालयका कार्यबाहक मूख्य सचिव डा। प्रदीप पराजुलीले आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक साउन २ गते १ बजे पार्टी कार्यालयमा सानेपामा बस्ने कार्यवाहक सचिव डा.प्रदिप पराजुलीले जानकारी दिनुभयो ।