सोमवार, जेष्ठ ७, २०८१

नेतृत्वप्रतिको बढ्दोअसन्तुष्टिकावीच आजदेखि कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

  काठमाडौं असार २७ ,
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय मुख्यालयमा आज बस्दैछ ।  विधानत व्यवस्था अनुसार प्रत्येक दुई–दुई महिनाको अन्तरमा केन्द्रीय समिति बैठक बस्नु पर्ने प्रावधान रहेपनि करिव १० महिना पछि बस्न लागेको आज दिउँसो एक बजेबाट शुरु हुने केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक तथा पार्टी संगठनको आन्तरिक विषयमा छलफल हुने जानकारी बताइएको छ ।

यद्यपि आज बस्ने बैठकको मुल एजेन्डा तय गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निजि निवास धुम्बाराहीमा आज विहान शीर्ष नेताहरुको बैठक बोलाएका छन् । शीर्ष नेताको बैठकले बैठकका एजेन्डा तय गर्दै सोही विषयमा छलफल सहित नितिगत निर्णय गर्ने तयारी रहेको बुझिएको छ।

समाचार स्रोतका अनुसार नेतृत्वप्रतिको बढ्दो  असन्तुष्टि अन्र्तगत   सभापति शेरबहादुर देउवाको कार्यशैली,  गत वर्ष  मंसिर सम्पन्न    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका  पार्टी नेता  बालकृष्ण खाणलाई कारबाही गर्ने विषय देखि  भातृ तथा शुभेच्छुक संस्था र विभाग निर्वाचनका विषयसंगै   पार्टीको   नीति अधिवेशनको मितिका विषयमा समेत  छलफल हुने   बताइएको छ ।