आइतवार, जेष्ठ ६, २०८१

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीताको निधन

काठमाडौं असार २७ ,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ। स्वास्थ्यमा थप समस्या देखिएसंगै आज विहान नर्भिक अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

यसैवीच  नेकपा माओवादी केन्द्रकका केन्द्रीय सल्लाहकार सीताको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा विहान ११ बजेदेखि १ बजेसम्म कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी प्रधामन्त्री प्रचण्डको सचिवालयले दिएको छ ।