आइतवार, जेष्ठ ६, २०८१

ललिता निवास प्रकरणमा मुछिएका थप २ पूर्वकर्मचारी श्रेष्ठद्वय पक्राउ

काठमाडौंअसार २७ ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा मुछिएका थप २ पूर्वकर्मचारी मंगलवार साँझ पक्राउ परेका छन् । प्रहरीले भौतिक योजना मन्त्रालयका पूर्वसिनियर डिभिजनल इन्जिनियर बालकृष्ण श्रेष्ठ र भूमि विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाइ पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेको पूर्वकर्मचारीद्वयमध्ये भौतिक योजना मन्त्रालयका पूर्वसिनियर डिभिजनल इन्जिनियर श्रेष्ठलाई भौतिक योजना मन्त्रालयमा रहँदा विशिष्ट व्यक्तिको निवास विस्तारका लागि सरकारी जग्गा नरहेको भन्दै २७ रोपनी जग्गा सट्टाभर्ना गर्न सहमति दिएको आरोप पक्राउ गरेको हो भने भूमि विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाइ २०४९ सालमा भूमि विभागमा शाखा अधिकृतको जिम्म्ेवारी वहन गर्दैगर्दा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी सदर गरेको आरोपमा पक्राउ गरेको हो ।

यसअघि मैगवारनै प्रहरीले मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरेको आरोपमा पक्राउ गरेको थियो । स्मरण रहोस ,प्रस्तुत प्रकरणमा पक्राउ पर्ने अभियुक्तको सख्या १६ पुगेको छ।