आइतवार, जेष्ठ ६, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा समवेदना व्यक्त

काठमाडौं असार २७ ,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले समवेदना व्यक्त गरेका छन् ।

पूर्वराजाको तर्फबाट पूर्वराजाका मुख्य प्रमुख सचिव पशुपतिभक्त महर्जन माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा पुगी प्रचण्डसहित परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

प्रम प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा थप समस्या देखिएसंगै आज विहान नर्भिक अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।