आइतवार, जेष्ठ ६, २०८१

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटना

 

काठमाडौं असार २६,
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर  दुर्घटनाग्रस्त भएको छ । चेत गुरुङ क्याप्टेन रहेको दुर्घटना ग्रस्त नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टरमा पाँचजना मेक्सिकोका नागरिक सवार रहेको थाहा भएको छ।

अपडेट: र्घटनाग्रस्त हेलिकोप्टरमा सवार सबै यात्रुको शवहरु विभत्स अवस्थामा उद्धार 

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

चेत गुरुङ क्याप्टेन रहेको दुर्घटना ग्रस्त नाइन एन एएमभी कलसाइनको हेलिकोप्टरमा पाँचजना मेक्सिकोका नागरिक क्रमस सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार रहेको थाहा भएको छ। यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार सबै यात्रुको शवहरु विभत्स अवस्थामा उद्धार गरिएको जनाउ सहित दुर्घटनाको कारण खुल्न नसकेको जनाएको छ ।