आइतवार, जेष्ठ ६, २०८१

आजको मौसम: देशका अधिकांश भूभागमा चट्याङ्सहितको भारी वर्षा

काठमाडौं असार २६,
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय बढ्दो मनसुनी प्रभावसंगै देशका अधिकांश भूभागमा वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै महाशाखाले मनसुनी रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ र पश्चिममा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जनाउँदै आज दिउँसो देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई सबै प्रदेशका केही स्थानमा मध्यम वर्षासंगै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

 त्यस्तै बुधवार पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले यसवीचमा मधेस र लुम्बिनी प्रदेश अन्र्तगतका तराई क्षेत्रमा भने हावाहुरीको समेत प्रवल संभावना रहेको जनाएको छ।

 त्यसैगरि बिहीबार पनि कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावनासंगै सुदरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने पूर्वानुमान रहेको जनाएको छ ।