सोमवार, जेष्ठ ७, २०८१

संसदमा प्रम प्रचण्डको स्पष्टीकरण पछि जारी संसद्को अवरोध हट्यो

 काठमाडौं असार २५,
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो विवादास्पद अभिव्यक्तिप्रति संसदमा स्पष्टीकरण दिँदै गल्ती भएको स्वीकार गरेसंगै एक सातादेखि प्रधानमन्त्रीको राजीनामा माग गर्दै अवरुद्ध हुँदै आएको संसद्को अवरोध हटेको छ ।

प्रतिनिधिसभाको बैठक अघि प्रमुख तीन दलबीच भएको छलफलको क्रममा  संसद्‌मा प्रधानमन्त्री दाहालले कमजोरी स्वीकार गरी सम्बोधन गर्ने गरी शीर्ष तीन राजनीतिक दलका नेताको बैठकमा सहमति जुटेको हो ।

आज प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आफ्नो गल्ती स्वीकार गर्दै प्रतिनिधिसभाको बैठकमा उहाँले व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली र काठमाडौंमा भूमिका खेलेको भनेको भनाइप्रति दुःख व्यक्त गर्नुको अलावा यसअघि आफूहरुका तर्फबाट सार्वजनिक भएका धारणाको सट्टा आजको भनाइलाई मात्र आधिकारिक मान्न आग्रह गरेपछि संसद् अवरुद्ध गर्दै आएको एमाले पछि हटेको  हो ।

त्यस्तै प्रधानमन्त्री दाहालले आफू सधैं राष्ट्रिय एकताको पक्षमा लागि रहने प्रतिवद्धता सहित आफू जति दिन सरकारमा रहे पनि सुशासनको पक्षमा काम गर्ने र छानविनलाई जरोसम्मै पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।