आइतवार, जेष्ठ ६, २०८१

सट्टेबाजी विज्ञापनको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार विरुद्ध मुद्धा दर्ता

काठमाडौं असार २५,
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनलाइन बेटिङ प्लेटफर्म [सट्टेबाजी गर्ने वेबसाइट] को विज्ञापन तथा प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार राजु पौडेल ‘राजु मास्टर’, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहितका कलाकार विरुद्ध मुद्धा दर्ता भएको छ।

जिल्ला अदालत काठमाडौंमा आइतवार जुवा ऐन र नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोगमा दर्ता गरिएको मुद्धामा आजदेखि बयान लिन सुरु भएकोछ भने उनिहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो दाबी र बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।