सोमवार, जेष्ठ ७, २०८१

हिउँदे अधिवेशनका लागि नयाँ संसद् भवनको निर्माणकार्य सक्न निर्देशन प्रम प्रचण्डको निर्देशन

काठमाडौं असार २५,
प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गर्ने क्रममा सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको निर्माण आउँदो हिउँदे अधिवेशन प्रयोजनका लागि सक्न निर्देशन दिनुभएको छ ।  हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेकाले चाँडो काम सक्न प्रम दाहालले निर्देशन दिनुभएको हो ।

 

कुल १ सय ५१ रोपनी क्षेत्रफलमा बन्दै गरेको संसद् भवनको लागत अनुमान ६ अर्ब ९२ करोड रहेको निर्माणाधीन नयाँ संसद् भवनको भौतिक प्रगति ६४ प्रतिशत मात्र रहेकोमा असन्तुष्टि सहित प्रधानमन्त्री दाहालले लामो अवधि सम्म पनि भवन किन्न बन्न नसकेको हो सो सम्बनधमा जानकारी समेत लिनुभएको थियो ।

टुण्डी शेख जेभी कम्पनीले २०७६ साल असोज १६ गते ठेक्का लिएको थियो । तर, समयमा काम नसक्दा २ पटक म्याद थपिइसकेको छ । पछिल्लो थपिएको म्याद आगामी असोज १९ गते सकिँदै छ ।

त्यसक्रममा प्रधानमन्त्रीसँगै अवलोकनमा गएकी सहरी विकासमन्त्री सीता गुरुङले समयमै निर्माण सक्न निर्देशन दिँदै मन्त्रालयले आवश्यक सम्मन्वय गर्ने बताइन् ।  यसवीचमा संघीय संसद्का दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरेको छ । आर्थिक वर्ष २०६२/६३ देखि सरकारले केन्द्रलाई वार्षिक साढे ११ करोड भाडा बुझाउँदै आएको छ ।