आइतवार, जेष्ठ ६, २०८१

ललितानिवास जग्गा प्रकरणमा आज थप दुईजना पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या १४ पुग्यो

काठमाडौं असार २६,

ललितानिवास जग्गा प्रकरणमा थप दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा योगराज पौडेल र तत्कालीन खरिदार नारायणराज मिश्र रहेको जनाउदै उनिहरुले सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरेका कारण पक्राउ गरेको जनाक्एो छ।

 यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।