सोमवार, जेष्ठ ७, २०८१

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने [सूचना सहित]

काठमाडौं असार २३,
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै एसईईको पूरक [ग्रेडवृद्धि] परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
बोर्डले जारी सूचनामा गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा असार २१ गते सार्वजनिक परिणाममा अन्तिम ग्रेड ‘सी’ वा ‘सी’ भन्दा कम प्राप्त गरेका र दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीहरुले पूरक परीक्षा दिन पाउने जनाएको छ । समथै परीक्षा रद्द भएका परीक्षार्थीले भने पूरक परीक्षा दिन नपाउने र एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै एसईई परीक्षामा आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले साउन ५ गतेसम्म निवेदन दिनुपर्ने पनि बोर्डले जनाएको छ ।