आइतवार, जेष्ठ ६, २०८१

घुस लिएको दुई लाख रुपियाँ सहित लेखा अधिकृत ढकाल पक्राउ

 काठमाडौं असार २३,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस सहित सुन्दरहरैचा नगरपालिका मोरङका लेखा अधिकृत शेखर ढकाललाइ पक्राउ गरेको छ ।

लेखा अधिकृत ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको जनाउदै   आयोगका प्रवक्ता भोला दाहालले सेवाग्राहीबाट घुसवापत लिएको दुई लाख रुपियाँ रकमसहित नगरपालिकाको कार्यालयबाटै उनलाइ पक्राउ गरिएको बताए ।